२०८२ जेठ २ , बिहिवार

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवशेन आह्वान

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवशेन आह्वान गर्नुभएको छ । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख १२ गते शुक्रबार अपराह्न १ः०० बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्नेगरी सङ्घीय संसद्को अविधेशन आह्वान गर्नुभएको हो ।राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफरिसमा संसद् अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रासस