२०८२ जेठ १ , बुधवार

च्यासलमा महानगरले चलायो डोजर

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाले च्यासलमा अनधिकृत संरचना बनाएको भन्दै डोजर चलाएको छ। बिहीबार नेकपा एमालेको पार्टी कार्यालयको विपरीत दिशामा बनाइएको दुइटा ग्यारेज र एउटा कबाडीमा डोजर चलाइएको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए। उनका अनुसार त्यहाँका स्थानीयहरूले ग्यारेज र कबाडी कारखानाले आगलागी हुने डर र अर्कातर्फ नजिकै विद्यालय हुँदा प्रदूषणका कारण पठनपाठनमा अवरोध पुगेको भन्दै वडा नम्बर ३२ को कार्यालयमा निवेदन दिएका थिए। पछिल्लो समय महानगरले अनधिकृत संरचना हटाउने अभियान चलाएको छ