२०८२ बैशाख २८ , आइतवार

गभर्नर नियुक्ती दुई–तीन दिन भित्रैमा हुन्छः देउवा

Sher-Bahadur-Deuba

सुनाखरी न्युज/ काठमाडौं ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरूसहितको बैठकमा दुई-तीन दिनभित्रै गभर्नर नियुक्त हुने जानकारी दिएका हुन्।

 

सत्ता साझेदार दल कांग्रेस(नेकपा एमालेबीच भागबन्डामा कुरा नमिलेर गभर्नर नियुक्ति हुन नसकेको बेला देउवाले पार्टीका नेताहरूलाई बोलाएर छलफल गरेका हुन्।

आफ्नै निवासमा बिहीबार  नेताहरूलाई बोलाएर देउवाले गभर्नर बन्ने व्यक्तिको नाम उल्लेख नगरी भने, ‘गभर्नर राम्रो मान्छे बनाउने हो। दुईरतीन दिनमै हुन्छ। राम्रो मान्छे आउनुहुन्छ।’