२०८२ बैशाख ३० , मंगलबार

प्रेमिल गीत ‘ ए तनु’ सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

गायिका गीता पाण्डे र मनीष चौधरीको स्वर रहेको प्रेमिल गीत ‘ए तनु सार्वजनिक गरिएको छ । मनोज चौलागाईको शब्द तथा संगीत रहेको रोमान्टिक गीतमा चौलागाईकै संगीत संयोजन छ । लामो समय संगीत साधना गरेकी गायिका पाण्डे भाइरल गीत गाउन नचाहेका कारण उति साह्रो चर्चामा आउन भने सकेकी छैनन् । २०७४ सालमा एल्बम ‘यात्रा मार्फत सांगीतिक बजारमा आएकी गीताका भने तीन दर्जन बढी गीत सार्वजनिक भएका छन् । रचनाकार चौलागाईका यस अघि दश वटा गीत प्रकाशित छन् । उनका केही फुटकर आधुनिक तथा फिल्मी गीतहरू चर्चामा रहे । प्रेम प्रतिका सम्झनामा लेखिएको गीतको भिडियोमा मोडल रोजेन सुन्दास साथै मिशेल घिमिरे फिचर्ड छन् । एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कथा भिडियोमा समेटिएको छ । गीतको म्यूजिक भिडियो निर्देशन नितिन चन्दले गरेका छन् । उमेश शाहले छायाँङ्कन गरेको भिडियोको दृष्य सम्पादन बिकास धमलाले गरेका हुन् ।