सुनाखरी न्युज/ काठमाडौं ।
गृहमन्त्री रमेश लेखकले गणतान्त्रिक संविधानलाई समाप्त पार्ने अधिकार कसैलाई पनि नभएको जिकिर गरेका छन् । पाँच/पाँच वर्षमा आवधिक निर्वाचनमा गएर आफूलाई मन लागेको पार्टी र नेतालाई जिताउन पाइने भन्दै उनले लोकतन्त्रभित्रै बसेर आफ्ना गतिविधि गर्न उनले आग्रह गरे । ‘सरकार बदल्न पाइन्छ । पाँच पाँच वर्षमा आवधिक निर्वाचनमा गएर आफूलाई मन लागेको पार्टी र नेतालाई जिताउन पाइन्छ र हराउन पाइन्छ,’ गृहमन्त्री लेखकले भने, ‘तर लोकतान्त्रिक गणतान्त्रिक संविधानलाई समाप्त गर्छु भन्न पाइँदैन, च्यात्न पाइँदैन भत्काउन पाइँदैन फाल्न पाइँदैन । जबरजस्ती र विध्वंसात्मक गतिविधिले देशलाई अस्थिरतातर्फ लैजाने भएकाले यसतर्फ सबैले सचेत हुनुपर्ने उनको भनाइ थियो ।‘शान्तिपूर्वक भेला हुने, प्रदर्शन गर्ने, ध्यानाकर्षण गराउने, विरोध गर्ने, आलोचना गर्ने सबैकुरा हुन्छ ।
तर विध्वंसात्मक कार्य गर्ने हत्याहिंसालाई प्रश्रय दिने, जोरजबरजस्ती गर्ने र त्यसकामार्फत संविधान फाल्छु र देशलाई अस्थिरतातफै लैजान्छु भन्न पाइँदैन । यसका बारेमा सबै सचेत हुनु जरुरी छ, यो हाम्रो जिम्मेवारी हो,’ गृहमन्त्री लेखकले भने । ‘कुनै मानिस नागरिकता बनाउन आएको छ भने नागकिरताका लागि आवश्यक कागजात छ कि छैन ढोकामै हेर्नुस् । यदि कुनै कागजात कम परेको छ भने यो कुरा तपाईंको कम पर्यो यसरी बनाएर ल्याउनुहोस् भनेर सिकाएर पठाउनुस्,’ गृहमन्त्री लेखकले भने, ‘चाहिने जति कागज ढोकामै हेर्नुस कागज पुगेको छ भने भित्र पठाउनुस् प्रक्रिया शुरु गुर्नस् साँभसम्म सेवा दिएर घर पठाउनुस् ।’