२०८२ बैशाख २८ , आइतवार

करिब ३ सय ६५ किलोग्राम गाँजा सहित चार जना पक्राउ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

जीतपुरसिमरा उपमहानगरपालिका(३ बजनीबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ५ किलोग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका(४ बस्ने ३२ वर्षीय राजन लामा, हेटौंडा उपमहानगरपालिका(३ बस्ने ३३ वर्षीय ईश्वर लोप्चन र कैलाश गाउँपालिका(१० बस्ने २७ वर्षीय जिवन ठोकर रहेका छन् । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना।५ ख २५०४ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा १९ वटा पोकामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक राजन, ट्रकमा सवार ईश्वर र ओसार पसारमा संलग्न जिवनलाई ना।

३३ प ७४६९ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । यसैगरी बारा, पचरौता नगरपालिका(१ मुसहरी टोलबाट अवैध लागूऔषध गाँजा करिब ६० किलोग्राम सहित भारत बिहार प्रान्त मोतिहारी पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने २५ वर्षीय राजबिहारी कुमारलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।