सुनाखरी न्युज/ काठमाडौं ।
नेपालगंज उपमहानगरपालिका(११ बस्ने २८ वर्षीय चानबाबु खाँनको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको छ । सोही उपमहानगरपालिका(१ बस्ने अमिन दर्जीको घरमा सवामिटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको संजीवनी कलेज अफ मेडिकल साईन्स प्रालि नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।