२०८२ बैशाख २६ , शुक्रवार

राष्ट्रिय परीक्षा बोर्डको निर्णय: कक्षा १२ को परीक्षा नरोक्ने 

NEB-Board-office-Sanothimi-Bhaktapur

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ ।

 

बोर्डको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।

 

शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए ।