२०८२ बैशाख २६ , शुक्रवार

शिक्षामन्त्रीको राजीनामाबारे प्रधानमन्त्री ओली भन्छन्ः मैले नै बनाएको, सिकाइरहेकै छु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो असहयोगबाट शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको भन्दै समाचार आएकोप्रति आपत्ति जनाएका छन् । नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।‘एक जना मन्त्रीले राजीनामा दिएको कुरामा धेरै हल्ला भएको छ । प्रधानमन्त्रीले बसिखानै दिएन भन्ने हाल्ला छ रे,’ उनले भने, ‘मैले बनाएको मन्त्री, मैले सहयोग गरिरहेको छु । सिकाइरहेको छु ।’ ‘अस्ति भर्खरै पनि अप्रेसन गर्नुभयो । धेरै ठूलो मन्त्रालय छ, शिक्षा मन्त्रालय । सजिलो पनि छैन । त्यसो उहाँले भएर स्वास्थ्य कारण देखाउनुभएको छ,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्रीले असहयोग गरेर, मतभेदबाट भनेर लेखेको भन्दै उनले आपत्ति जनाएका छन् ।