२०८१ आश्विन ५ , शनिवार

गायक सन्तोष अधिकारीको “हिँउले ढाक्ने” पप गीत सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं – नयाँ नेपाली पप गीत हिँउले ढाक्ने सार्वजनिक गरिएको छ। गायक सन्तोष अधिकारीद्धारा रचित तथा स्वरबद्ध यस गीतलाई रेखा अधिकारीले प्रस्तुत गर्नु भएको हो ।

 

शरद राजमैनाली र सुजित शाहीको संयुक्त संगित रहेको यस गीतलाई राजीव एन्ड्रीयूँ श्रेष्ठले एरेन्ज गरेका छन् । मनमोहक दृश्य समेट्न सफल यस म्युजिक भिडियोलाई रामकुमार के सी ले छायाङ्कन गरेका छन् । गायक सन्तोष अधिकारी स्वयम् र नायिका आशा भारतीको अभिनय रहेको यस म्युजिक भिडियोमा सिँगार सर्मिला सुनारले गरेकी छिनभने दृश्य सम्पादन टेकेन्द्र शाहको रहेको छ । म्युजिक भिडियोका रचनाकार र निर्देशक शरद राज मैनाली हुन् । प्रेमी प्रेमीका बाट टाढा रहेकाहरुले सगै हुँदा सम्झने गीतलाई मार्मिक तरिकाले प्रस्तुत गरिएको छ ।