२०८१ आश्विन ५ , शनिवार

वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

सुनाखरी न्युज/ काठमाडौं – सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ।

 

सोमबार बसेको मन्त्रिपरिषद्को उक्त बैठकमा निर्वाचन एकै चरणमा गर्ने निर्णय भएको एक मन्त्रीले बताए। प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल गरेका थिए। आयोगले जेठ ४ मा स्थानीय चुनाव गर्न सरकारलाई सुझाव दिएको थियो। सत्तारूढ गठबन्धनका नेताहरूको बैठकले पनि जेठमा स्थानीय चुनाव गर्ने समझदारी गरेका थिए।