२०८१ आश्विन ५ , शनिवार

स्थानीय तह निर्वाचन घोषणाको एमालेद्वारा स्वागत

सुनाखरी न्युज/ काठमाडौं – नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन घोषणाको स्वागत गरेको छ । मन्त्रिपरिषद् बैठकले २०७९ साल वैशाख ३० गते एकैपटक निर्वाचन मिति घोषणा गरेकोमा प्रमुख विपक्षी दल एमालेले स्वागत गरेको हो ।

एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ढिलै भए पनि सरकारले सही निर्णय गरेको प्रतिक्रिया दिनुभयो । ‘ढिलै भए पनि सरकारले अन्ततः निर्वाचनको घोषणा गरेको छ, नेम्वाङले  भन्नुभयो, ‘सरकारको निर्णयको स्वागत गर्दै निष्पक्ष, स्वतन्त्र र निर्भयतापूर्वक चुनाव हुने आशा गरेका छौं ।

 

नेम्वाङले आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको बताउँदै परिणामलाई हेरेर चुनावको माग नगरिएको बताउनुभयो । ‘स्वभाविकरुपमा हामी निर्वाचन हाम्रो पक्षमा होस् भन्ने चाहन्छौं,’ उहाँको भनाइ थियो । नेम्वाङले एमालेले चुनावको तयारी सुरु गरिसकेको पनि जानकारी दिनुभयो ।