२०८१ आश्विन ५ , शनिवार

कमल थापाद्वारा राप्रपा परित्याग

सुनाखरी न्युज/  मकवानपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेकाे घाेषणा गर्नुभएकाे छ ।

 

आज मङ्गलवार हेटाैँडामा पत्रकार सम्मेलन गरेर उहाँले राप्रपाबाट अलग भएकाे घाेषणा गर्नुभएकाे हाे । पत्रकार सम्मेलनमा बाेल्दै उहाँले पार्टीमाथि पटक–पटक निर्मल निवासको हस्तक्षेप हुनु राम्रो नभएको बताउनुभयो । नयाँ पार्टी खोल्नेबारे के विचार छ भन्ने पत्रकारको प्रश्नमा थापाले यसबारे सबैसँग सल्लाह गरेर मात्र अगाडि बढ्ने बताउनुभयो ।

 

गएकाे मङ्सिरमा भएकाे अधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापा पार्टी नेतृत्वप्रति असन्तुष्ट बन्दै आउनुभएकाे थियाे ।

थापाले भने अत्यन्त भारि मन तथा पिडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु । ३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरु प्रति म सदैव गौरव गरि रहने छु । राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु ।