२०८१ आश्विन १२ , शनिवार

आज देशका केहि स्थानमा पुन: वर्षा, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

सुनाखरी न्युज/ काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केहि स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

 

आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश र प्रदेश–१ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान सवभागले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्का देखी मध्यम हिमपातको सम्भावना छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।

 

आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशलगायत वाग्मती र प्रदेश १ को पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।वर्षा र हिमपातका कारण चिसो हुने भएकाले यसबाट बच्न र त्यसको प्रभावबाट जोगिन मौसम पूर्वानुमान महाशाखाको आग्रह छ ।