२०८१ मंसिर ९ , आइतवार

विश्वमै पहिलोपटक मेरुदण्डमा क्षति पुगेर पक्षघात भएका व्यक्ति हिँड्न थाले

सुनाखरी न्युज/ काठमाडौं – मेरुदण्डमा निकै गम्भीर चोट लागेर पक्षघात भएको एक पुरुष पुन हिँडन सफल भएका छन् । एउट इम्प्लान्ट विकास गर्ने स्विस अनुसन्धानकर्ताहरूको टोलीले उनलाई यसरी हिँडाउन सफल भएको हो ।

 

विश्वमै पहिलोपटक आफ्नो शरीरको मेरुदण्ड पूर्ण रूपमा काटिएका एक व्यक्ति स्वतन्त्रपूर्वक हिँडन सफल भएको हो । यसै प्रविधिको प्रयोगका कारण अर्का एक पक्षघात पीडित बिरामी व्यक्तिको स्वास्थमा यति सुधार आए कि अन्तत: उनी पिता बन्न समेत सफल भएका छन् । यस अनुसन्धानको प्रतिवेदन जर्नल नेचर मेडिसिनमा प्रकाशित गरिएको छ । एउटा मोटरसाइकल दुर्घटनामा परेर मिचेल रोक्काटी पक्षघात पीडित भएका थिए । उनको मेरुदण्ड अत्यन्तै क्षतिग्रस्त भएकाले उनले आफ्ना खुट्टामा कुनै चेतनाको महशुस गर्न सकेनन् । तर अब उनी अब हिँड्नै सक्ने भएका छन् । शल्यक्रिया गरी उनको मेरुदण्डमा एउटा विद्युतीय इम्प्लान्ट राखिएको छ । यसअघिसम्म चिकित्साको इतिहासमा कोही पनि पक्षघात पीडित व्यक्ति यसरी हिँड्न सकेको थिएन ।

 

तर अनुसन्धानकर्ताहरूले यो प्रविधि मेरुदण्डको चोटका लागि उपचार नभएको र यसलाई दैनिक जीवनमा प्रयोग गर्न अझै थुप्रै जटिता कायमै रहेको बताएका छन् । जेहोस् यसले बिरामीको जिवनस्तर सुर्धानमा एउटा ठूलै फड्को मारेको तथ्य भने नकार्न सकिँदैन । एउटा प्रयोगशालामा यो प्रविधि इम्ल्प्लान्ट जडान गरेका इटालियन युवक मिचेल भन्छन्, “मेरा लागि यो प्रविधि बरदान नै सावित भएको छ । अब म उभिन, चाहेको स्थानमा हिँड्न, भर्‍याङ प्रयोग गर्न सक्छु । झण्डै मैले पुरानै सामान्य जिवन फिर्ता पाएको छु । दुर्घटना अघि दौड्ने र जिम जाने गर्दथेँ । फिटनेस प्रति निकै सचेत थिएँ । दुर्घटना पछि पनि जसरी भएपनि यो समस्यालाई जितेरै छाड्ने अठोट बोकेको थिएँ ।”

 

इम्प्लान्ट जडान गरी उनको प्रत्येक स्नायु फाइबरमा इलेक्ट्रोड्स जोड्ने ल्यावोर्टोयर दी न्युरोथेरापिस एट न्युरोमोडुलेसन (एलएनटीएम) का प्राध्यापक जोसलिन ब्लोक भन्छिन्, “मिचेल त्यति छिटो निको भएकोमा म चकितै परेँ । मिचेल निकै गजबको मान्छे हुन् । उनले प्रविधि सजिलै प्रयोग गर्न जान्नुपर्छ, त्यसपछि झनझनै राम्रै प्रगति हुन्छ ।” सिफोल्डस्थित नर्दन जनरल हस्पिटलका डा. राम हरिहरनले यस अनुसन्धानमा विशेष भूमिका निभाएका छन् । इम्प्लान्ट अन गरिएपछि मिचेलका खुट्टामा स्नायु सिग्नलहरू प्रशारित हुँदा उनी हिँड्ने गरेको बुझिएको छ । बीबीसीबाट