२०८१ आश्विन १२ , शनिवार

डा. विमल दुवाडी सम्मानित

सुनाखरी न्युज/ तनहुँ –

तनहुँको बन्दीपुर गाउँपालिकाले बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विमल दुवाडीलाई सम्मानित गरेको छ । गाउँपालिकाले कोभिड–१९ को संक्रमण र उपचारमा उल्लेखनीय योगदान पुर्याएकोमा डा. दुवाडीलाई दोसल्ला र नगद पुरस्कार सहित सम्मान गरेको हो ।

त्यसक्रममा उल्लेखनीय कार्य गर्ने कर्मचारी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुलाई सम्मान गरिएको थियो । गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले मंगलबार सम्पन्न १० औं अधिवेशनमा विभिन्न ब्यक्तिहरुलाई सम्मानित गरिएको बताइन् । सो अवसरमा डा. दुवाडीले सम्मानले थप जिम्मेवारी थपिएको बताउँदै गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सबै पक्षबाट सहयोग र समर्थन आवश्यक रहेको बताए ।

अधिवेशनले आर्थिक वर्ष २०७८र०७८ को नीति तथा कार्यक्रम र संसोधित बजेट पनि पारित गरेको छ ।