सुनाखरी न्युज/ काठमाडौं – कामना सेवा बिकास बैंकले ग्राहककोे सन्तुष्टिलाई प्राथमिकता दिदैँ बैंकले प्रदान गर्ने सेवा र सुविधालाई थप सरल एवं ग्राहकमैत्री सेवा प्रवाह गर्न संचालनमा ल्याउको केएसविविएल केयर सञ्चालनमा ल्याएको थियो ।
बैकको वार्षिकोत्सवको अवसरमा बैंकले प्रथम कामना सेवा कस्टोमर डे कार्यक्रम मार्फत देशव्यापी रुपमा आफ्ना ग्राहकलाई मायाको चिनो प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गरी उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले बैंकको उतरोतर प्रगतीमा निरन्तर साथ र सहयोग प्रदान गर्नु भएकोमा सबै ग्राहकलाई कृतज्ञता व्यक्त गर्नुका साथै ग्राहकको आवश्यकता अनुसार भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्दै निरन्तर सेवाहरुमा उत्कृष्टता ल्याउन बैंक प्रतिबद्ध रहने बताएको पनि विज्ञप्तिमा उल्लेख छ ।