२०८१ आश्विन १२ , शनिवार

तुलसीपुरको एक जुत्ता पसलमा आगलागी, ५ जनाको मृत्यु

सुनाखरी न्युज/ दाङ – दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलमा आगलागी हुदा निसास्सिएर पाँच जनाको मृत्यु भएको छ ।

 

कोठा भाडामा लिएर बसेका पाँच जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु आर्यालले जानकारी दिनु भयो । एक महिला र चार पुरुषको शव निकालिएको छ । राति करिब पौने दुईबजे देखि पसलमा आगो लागेको थियो । जसले गर्दा कोठा भाडामा लिएर बसेकाहरुको मृत्यु भएको प्रारम्भिक विवरण आएको छ ।

 

घटनास्थलमा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी लगायतको टोली पुग्न थालेको छ । आगो नियन्त्रणमा लिन तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीयबासीले परिचालन भएका छन् । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी अर्यालले बताउनु भयो । हुसेन बक्सले केहि समय यता होलसेलको जुत्ता पसल गर्दै आउनु भएको थियो ।