शिशिर पौडेल / पोखरा – स्याङ्जा जिल्लाको चिलाउनेवासमा रहेको जनप्रदिप मा वि २०४७ समुहका विद्यार्थीको पुर्नमिलन कार्यक्रम सम्पन्न भएको छ ।
२०४७ सालको प्रवेशिका परीक्षा दिएका विद्यार्थी चोलाकान्त गौतमको संयोजनमा भएको कार्यक्रममा सहभागी हरु ले यस्तो किसिमको भेटघाटले भावानात्मक एकता लाई थप प्रगाढ बनाउने बताएका थिए । उनी हरु ले आफुलाई शिक्षाको बाटो देखाउने विद्यालयको विकासको लागि अछयकोस स्थापना गर्नुपर्नेमा जोड दिएका थिए ।
नेपाल वायुसेवा निगमका दिनप्रकास पौडेल, संयोजक गौतम लगायतले साथीहरु विच छलफल गरेर छिट्टै अछयकोस स्थापना गरिने बताए । सो अवसरमा संयोजक गौतमलाई सम्मान समेत गरिएको थियो । २०४७ सालमा प्रवेशिका परीक्षा दिएका ११५ जना मध्ये कार्यक्रममा ४३ जनाको सहभागिता रहेको थियो ।