२०८१ आश्विन १२ , शनिवार

स्थानीयतह चुनावको तयारीमा जुट्न कांग्रेस नेता गिरीको आह्वान

सुनाखरी न्युज/ काठमाडौँ – नेपाली कांग्रेसका नेता एबं निबर्तमान केन्द्रीय सदस्य किरण गिरी द्वारा अब स्थानीय चुनावको तयारीमा जुट्न आह्वान गरेका छन ।

 

नेपाली कांग्रेसका नेता एबं निबर्तमान केन्द्रीय सदस्य तथा महासमिति सदस्य किरण गिरी ले सफल निर्बाचन र समृद्धि का लागी अब नेपाली कांग्रेसका हामी नेता कार्यकर्ता जनता को घरदैलोमा पुग्न र अब स्थानीय चुनावमा जुट्न नेपाली कांग्रेसका सबै क्रियाशील सदस्यहरु लाई आह्वान गर्नु भएको छ ।

शनिबार काठमाडौं क्षेत्र नं ९ को नागार्जुन नगरपालिका को विभिन्न कार्यक्रमहरु संबोधन गर्दै नेपाली कांग्रेसका पुर्ब केन्द्रीय सदस्य किरण गिरीके भन्नुभएको छ :- आफ्ना समस्या , गुनासा र प्रतिक्रिया आफ्नो ठाउँ मा छ ।
आजै बाट जुटौं हामी स्थानीय तहको निर्बाचनमा ।
नेपाली कांग्रेसले बहुमत ल्याउने अभियानमा ।
३० बैशाख , २०७९ ।
राजनीतिमा न थकाइ हुन्छ , न विश्राम हुन्छ , न अलमल सधैभरी प्रष्ट धार स्पष्ट बिचार । 🌳🌳🌳🌳🌳 रहनुपर्ने धारणा व्यक्त गर्दै कांग्रेस नेता गिरी भन्नुहुन्छ :-
🇳🇵सरकारले बैशाख -३० गते एकै चरणमा स्थानीय तहको निर्बाचन गर्ने निर्णय गरेको छ । लोकतन्त्र को सुन्दर पक्ष आबधिक निर्बाचन भएको ले स्थानीय तहको निर्बाचन सफल पार्नु र परिणाम मुखी बनाउनु यतिबेला नेपाली कांग्रेसका हामी सबैतहका नेता र कार्यकर्ता हरुको अनिवार्य दायित्व र जिम्मेवारी हो ।

सो कार्यक्रम हरुमा प्रमुख अतिथिको रुपमा बोल्नुहुदै नेपाली कांग्रेस बागमती प्रदेश का उप सभापति एबं नागार्जुन नगरपालिका का मेयर मोहन बहादुर बस्नेत ले भन्नुभएको छ :-
🇦🇹नेपाली कांग्रेसको तयारी अब चुनाब मुखी हुनुपर्ने देखिन्छ । अधिवेशन लगत्तै संगठन जसरी परिचालन जुन रुपमा हुनपर्ने हो त्यसरी भइरहेको छैन । केन्द्रीय पदाधिकारी एबं प्रदेश पदाधिकारी एबं सदस्यहरू र सबै क्रियाशील सदस्य हरु पनि स्थानीय निर्बाचन तयारीमा जुट्नु अब हुनु जरुरी छ । कतिपय वडा र पालिकाहरुमा १४ औं अधिबेशनको अस्वस्त प्रतिस्पर्धा को तिक्तता र रिक्तता मेटिइसकेको छैन । अब नेपाली कांग्रेसका सबैतहका नेता र कार्यकर्ताहरुले आत्मालोचना गरेर परिमार्जित हुनु र गराउनु जरुरी छ ।
🇦🇹 नेपाली कांग्रेस पार्टीको आधा क्रियाशील सदस्य नयाँ छन । त्यसैले अब योजनाबद्ध रूपमा चुनावी कार्यक्रमको तत्कालै थालनी गर्न जरूरी छ भन्ने कुरा नागार्जुनका मेयर मोहन बहादुर बस्नेत ले बताउनु भएको छ ।
कार्यक्रम कै दौरानमा नेपाली कांग्रेसका नेता एबं पुर्ब केन्द्रीय सदस्य किरण गिरीले फाल्गुन – १ गते बस्ने नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक ले स्थानीय निर्बाचन सम्बन्धि थप कार्यक्रम ल्याउन सक्ने हुदा अब नेपाली कांग्रेस स्थानीय संगठन ले चुनावी कार्यतालिका सहित जरुरी कार्यक्रम थालनी गर्नु जरुरी भैसकेको कुरा बताउनु भएको छ :-
(१) फागुनको एक महिना नेपाली कांग्रेस पार्टी जनजनमा बुझाउने कार्यक्रम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वडा वडामा गर्नु पर्दछ ।
(२) चेत्र एक महिना चुनाब कसरी जित्ने भनेर रणनीतिक , नितिगत टिप्सहरू सिकाउने र स्थानीय निकाय निर्बाचन जागरण अभियान वडा वडामा लैजानु जरुरी छ ।
(३) बैशाख महिना तीन हप्ता घरघरमा मिटिङ्ग, प्रतिपक्ष माथि सैद्धान्तिक, बैचारिक र कार्यक्रम गत आक्रमण, आफ्नो एजेण्डा स्थापित गरेर मतदातालाई बिश्वासमा लिने काम गर्नु पर्ने र कांग्रेस लाई मतदान गर्न प्रचारप्रसार कार्यलाई घरघरमा पुर्‍याउने ।
(४) बैशाख को अन्तिम हप्ता मतलाई आफ्नो पक्षमा परिणत गराएर सुरक्षित राख्ने ।

(५) बैशाख – ३० गते आफ्ना मतदाताहरु सहज रुपमा मतदान स्थलमा ल्याउने र पहिलो चरणमा रुख 🌳 चिन्हमा मतदान गराउने र सबै वडा र पालिकाहरुमा अत्याधिक बहुमतले नेपाली कांग्रेस लाई बिजय गराउने । सबल , सक्षम र निर्बाचित कांग्रेस ले नै नेपाल लाई समृद्धि तर्फ डोर्‍याउन सक्दछ भन्ने निष्कर्ष नेपाली कांग्रेसका नेता एबं निबर्तमान केन्द्रीय सदस्य तथा महासमिति सदस्य किरण गिरीको रहेको छ ।


नेपाली कांग्रेस क्षेत्र नं -९ का महाधिवेशन प्रतिनिधि एबं नेपाली कांग्रेस स्युचाटारका लोकप्रिय युबा नेता श्याम कृष्ण खडका ले आगामी चुनाव कांग्रेस मय हुने धारणा राख्नु भएको थियो । कार्यक्रम कै दौरानमा दामोदर गौतम , उज्ज्वल दुवाडी , नेपाली कांग्रेस को तर्फबाट निर्बाचित नागार्जुन नगरपालिका वडा नं.७ र १० का अध्यक्ष रमेश प्रसाद गौतम र सुन्दर बहादुर के सी , तारकेस्वर युबा क्लब का अध्यक्ष संतोष बुढाथोकी ले समसामयिक धारणा राख्नु भएको थियो ।