२०८१ आश्विन १२ , शनिवार

नदिको बीचमा फसेकी महिलाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

सुनाखरी न्युज/ काठमाडौं – दार्चुला – दार्चुला जिल्लाको महाकाली नगरपालिका ५ स्थित महाकाली नदिको बीचमा फसेकी एक महिलाको सशस्त्र प्रहरीले फागुन १ गते सकुशल उद्वार गरेको छ ।

सोही ठाउँ बस्ने करीव ३० वर्षिया ललिता ओड उक्त नदिमा बालुवा निकाली रहेको अवस्थामा पानीको बहाव बढ्न गई नदिको बीच भागमा फसेको बताईएको छ ।

सो बारे जानकारी पाउना साथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक टेकबहादुर ऐडीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनको उकुशल उद्वार गरेको हो ।