२०८१ आश्विन १२ , शनिवार

सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी का.मु.सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीना लाई

सुनाखरी न्युज/ काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी का.मु. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनालाई दिईएको छ ।

 

यसअघि प्रवक्ता रहनु भएका सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले पदावधिका कारण अनिवार्य अवकास पाउनु भएपछि तिउसीनालाई सो जिम्मेवारी दिईएको हो । का.मु. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक तिउसीनालाई मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना spokesperson@apf.gov.np मा सम्पर्क गर्न सकिने छ ।

 

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उहाँलाई दिइएको छ ।