२०८१ आश्विन ५ , शनिवार

राप्रपा पनि एमसीसीको विरोधमा

सुनाखरी न्युज/ काठमाडौं -राष्ट्रिय प्रजातन्त्र पार्टी पनि अमेरिकी सहयता परियोजना एमसीसीविरुद्ध आन्दोलनमा जाने भएको छ। राप्रपाले आफ्नो भातृ संगठनहरुलाई एमसीसीको विरोधमा बुधबार काठमाडौंमा उतार्ने निर्णय गरेको हो।

एमसीसीका केही राष्ट्र हित विपरीतका प्रावधान संशोधन नगरिएको, एमसीसीलाई लिएर जनता विभाजित भइरहेको र दलबीच समझदारी नभएको भन्दै राप्रपाले २१ वटा भातृ संगठनलाई संयुक्त रुपमा सडकमा उतार्ने निर्णय भएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्। प्रवक्ता श्रेष्ठका अनुसार बुधबार काठमाडौंको बबरमहलबाट शुरु हुने र्‍याली नयाँ बानेश्वरमा पुगेर सभामा परिणत हुनेछ।