सुनाखरी न्युज/ काठमाडौं ।
भोलोकप्टरले अबको दुई वर्षभित्र विद्युतीय हवाई ट्याक्सी सञ्चालन गर्ने योजना बनाएको छ। जर्मन एयरक्राफ्ट (विमान) निर्माता कम्पनी भोलोकप्टरले सन् २०२४ भित्र सिंगापुरमा विद्युतीय हवाई ट्याक्सी सुरू गर्ने योजना बनाएको हो।
भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार भोलोक्पटरले योसँगै इन्डोनेसिया र मलेसिया जस्ता सिंगापुरको नजिकी राष्ट्रहरूमा उडान सेवा उपलब्ध गराउने वार्ता गरिरहेको छ।
कम्पनीका प्रमुख कमर्सियल अधिकारी क्रिश्चियन बाउरका अनुसार कम्पनीले सिंगापुरको पर्यटकीय गन्तव्य मरियाना बे र सेन्टोसामा १० देखि २० वटा विद्युतीय हवाई ट्याक्सी उडाउने योजना बनाएको छ। ब्लुम्बर्ग रिपोर्टका अनुसार भोलोकप्टरले सिंगापुरमै आफ्नो मर्मतसम्भार कार्यहरूको लागि पनि ठाउँ सेटअप बनाउने छ।
कम्पनीले युरोप र सिंगापुरमा हवाई ट्याक्सी सञ्चालन गर्नका लागि युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सीबाट प्रमाणीकरण लिने प्रक्रिया छ। तर यसलेले १५ मिनेटको उडानको लागि टिकट बिक्री भने सुरू गरिसकेको छ। एजेन्सी