२०८१ आश्विन १२ , शनिवार

बालाजुमा बसको ठक्करबाट दुई जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं ।

बालाजुमा मिनिबसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बालाजुस्थित रिङरोडमा सडक पार गर्ने क्रममा उनीहरुलाई बसले ठक्कर दिएको प्रहरीको भनाइ छ ।

 

बिहान करिब ६ बजेतिर बसले ठक्कर दिएर फरार भएको प्रहरीले जनाएको छ ।प्रहरीको भनाइ अनुसार मृत्यु हुनेहरुमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी ५० वर्षीया महिला रहेको छ ।

 

ठक्कर दिने बस तथा चालकको पहिचान खुल्न नसकेको र उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।