२०८१ मंसिर ७ , शुक्रवार

नेप्सेमा झिनो अंकको गिरावट

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मासाताको कारोबारको अन्तिम दिन आज बिहिबार सामान्य अंकका गिरावट आएको छ । आज नेप्से १.९३ अंकले घटेर दुई हजार सात सय ३२ दशमलब ५२ विन्दुमा झरेको हो । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज २ अर्ब २७ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।

 

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीहरुमा तेह्रथुम पावर कम्पनी र युनाइटेड इदी मर्दी हाइड्रोपावर रहेको छ । आज तेह्रथुमको शेयरमूल्य ६.४७ प्रतिशतले बढेर प्रतिकित्ता ६ सय २५ रुपैयाँ पुगेको छ भने युनाइटेडको शेयरमूल्य ५.५५ प्रतिशतले बढेर प्रतिकित्ता ६८५ रुपैयाँ पुगेको हो ।

 

त्यस्तै, आज बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी जीवन विकास लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको आज २२ करोड ३७ लाख भन्दा बढीको कारोबार भएको छ ।