२०८१ मंसिर ७ , शुक्रवार

कोरोना अपडेटः थप ३५० जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं ।

पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा चार जनाको मृत्यु भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

 

चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । एक हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।