२०८१ मंसिर १० , सोमवार

एनएमबि बैंकका ग्राहकहरुलाई बिराटनगरको हाम्रो अस्पतालमा सहुलियत

सुनाखरी न्युज/ काठमाडौं । एनएमबि बैंकले बिराटनगर, वार्ड नं. ४ स्थीतहाम्रो अस्पतालमा उपचारको लागीआउनु भएका ब्यक्ति तथा कर्मचारीहरुलाई सहजहोस भन्ने उद्धेश्यले द्विपक्ष्ीय समझदारी गरेको छ ।

 

उक्त समझदारी अनुशार अस्पताल बाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा विशेष छुटतथा सहुलियत दिने जानकारी गराईएको छ । उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधीखरिद, ल्याब परिक्षणहरु र शल्यक्रियामा छुट उपलब्ध गराउने छ ।

 

समझदारीपत्रमा एनएमबि बैंकका तर्फ बाट प्रदेश १ का प्रमुख उत्सव घिमिरे र अस्पतालका तर्फबाट निर्देशक सुनिलचन्द्र अधिकारीले हस्ताक्षर गर्नुभयो । बैंकले आफ्नो सेवाअभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुतगर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट www.nmb.com.np को NMB Visa Card Discount सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवाप्रदानगदै आइरहेको छ ।