२०८१ मंसिर ८ , शनिवार

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ३ सय १२ कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उक्त अवधिमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ।

 

मन्त्रालयका अनुसार पाँच हजार १ सय ३ जनाको पीसीआर परीक्षण गर्दा २ सय ५६ जना र ३ हजार ५ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जना गरी ३ सय १२ जनामा संक्रमण पुष्टि भएको हो।

 

हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन्।यसै गरी पछिल्लो २४ घण्टामा ९ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन्।