२०८१ मंसिर १० , सोमवार

सेञ्चुरी बैंकका थप दुई शाखा टेकु र पेप्सीकोलामा

सुनाखरी न्युज/ काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७८ फागुन १२ देखि काठमाण्डौंको टेकु र पेप्सीकोलामा नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ ।

 

बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले टेकु शाखा र संचालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखा समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको थियो । उक्त कार्यक्रममा बैंकका संचालक मनबहादुर राई, सुनिल न्यौपाने, प्रा.डा. गीता प्रधान, बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । टेकु र पेप्सीकोलामा थप दुई शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २५ पुगेको छ ।

 

देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले यस अघि बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १२८ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २५ शाखारहित बैंकिङ्ग र १०७ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

 

थप जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।