२०८१ मंसिर ७ , शुक्रवार

रुसको हमलाले किएभमा सास फेर्नै गाह्रो, नागरिकलाई झ्याल–ढोका बन्द गर्न दिइयो सल्लाह

सुनाखरी न्युज/ काठमाडौं ।

किएभमाथि रुसी हमलाबीच राजधानी किएभको बाहिरी इलाका वासिल्किवमा एक तेल डिपोमा हानी पुगेको खबर बीबीसीले दिएको छ ।

अब किएभको प्रशासनले डिपोमा आगलागी भएको छ र त्यहाँबाट विषालु धुँवा निस्किरहेकोले सबैलाई आफ्नो घरको झ्याल–ढोका बन्द गर्न सल्लाह दिइएको छ । सोसल मिडियामा तेल डिपोमा आगलागी भएको भन्दै यस्ता थुप्रै भिडियो पोस्ट गरिएका छन् । भिडियोमा ठूलो परिमाणमा हावामा धुँवा आइरहेको देखिएको छ ।

यसअघि युनाइेटेड नेसन्सको ह्यूमन राइट्स हाई कमिश्नरको तर्फबाट बताइए अनुसार हालसम्मको हमलामा २४० जना हताहत भएका छन् । यीमध्ये कम्तिमा ६४ जनाको मृत्यु भएको छ ।  एजेन्सी