२०८१ पुष ८ , सोमवार

बोटको उच्च स्तरीय उत्पादन नेपालमा

सुनाखरी न्युज/ काठमाडौं । भारतको नं. एक वायरलेस हियरेबल्स ब्रान्ड इम्याजिन मार्केटिङ लिमिटेड र नेपाली कम्पनी रमेश कर्पको भगीनी संस्था टेलिटक प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । सम्झौता अनुसार इम्याजिनको वायरलेस हियरेबल्सका सामानहरुको लागि टेलिटक नेसनल डिस्ट्रिब्युटर रहने छ ।

 

यो सम्झौतासँगै अब नेपाली उपभोक्ताहरुले समयको मागसंगै उच्च गुणस्तरीय हियरेबल्स र वेरेबल उत्पादनहरु उपभोग गर्न पाउनेछन् । इम्याजिन मार्केटिङ लिमिटेडका सीईओ विवेक गम्भीरले भन्नुभयो, “हाम्रा उत्पादनहरु नेपालमा पनि ल्याउन पाउँदा हामाी अत्यन्तै उत्साहित छौं । हाम्रो उद्धेश्य सम्पूर्ण युवा उपभोक्ताहरुलाई उनीहरुको चाहना अनुरुपको अडियो सोल्युसन प्रदान गर्ने हो । हाम्रो ब्रान्डलाई विश्वभरीका उपभोक्ताहरुमाझ पु¥याउन हामी सधैंँ प्रयासरत छौँ र यो हाम्रो लागि महत्वपूर्ण कदम हो ।

 

बोटको लागि नयाँ बजारमा प्रवेश गर्नु महत्वपूर्ण कोसेढुङ्गा हो । इम्याजिन मार्केटिङ लिमिटेडले बोट ल्याब्स मार्फत उत्पादनहरूको डिजाइन, अनुसन्धान,विकास, र प्रविधि जस्ता प्लेटफर्महरू विकास गर्नमा ठुलो लगानी गरेको छ । कम्पनीले ब्लुटुथ इनेबल्ड हियरेबल प्रोडक्ट्स र अन्य इलेक्ट्रोनिक उत्पादनहरू निर्माण र विकास गर्नको लागि हालै डिक्सन टेक्नोलोजी लिमिटेडसँग जोइन्ट भेन्चरमा प्रवेश गरेको छ ।

 

टेलिटक प्रा.लि.का कार्यकारी निर्देशक  प्रतीक जलानले भन्नुभयो,“बोटले वर्षौंदेखि स्टाइलिश र राम्रो काम गर्ने उच्च–गुणस्तरीय अडियो उपकरणहरू मार्फत आफ्नो बलियो ब्रान्ड इक्विटी निर्माण गरेको छ । यो साझेदारी मार्फत हामीले नेपाली उपभोक्ताहरूलाई सस्तो मूल्यमा उत्कृष्ट गुणस्तरको उत्पादन उपलब्ध गराउने लक्ष्य राखेका छौँ ।