२०८१ आश्विन ६ , आइतवार

राप्रपा केन्द्रीय सदस्यमा रेखा थापासहित १४ जना  मनोनीत

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा रेखा थापासहित १४ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्।

 

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले मंगलबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।

 

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारी अनुसार केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा रेखा थापा, लीलादेवी श्रेष्ठ, विन्दु पौडेल, प्रेक्षा मल्ल, मीना झा, सन्तोषी शाही ठकुरी, स्वाती थापा, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, समृद्धि राणा, मीना न्यौपाने, शान्ति माया गुरुङ, जयाकुमारी महतो र सावित्रा थापा रहेका छन् ।