२०८१ आश्विन ६ , आइतवार

संसद् बैठक सुरु हुनेबित्तिकै एमालेको अवरोध, अर्को बैठक फागुन २२ गते

सुनाखरी न्युज/ काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आज पनि प्रतिनिधिसभा बैठक सञ्चालन सुरु हुने बित्तिकै पार्टीले उठाएको माग सभामुखले सम्बोधन नगरेको भन्दै  नाराबाजी गरेका हुन् ।

 

पार्टीले कारबाही गरेका नेकपा (एकीकृत समाजवादी) मा आबद्ध १४ सांसदहरूको सूची सभामुखले टाँस्नुपर्ने लगायत माग राख्दै निरन्तर प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएको हो ।गत भदौ २३ गतेदेखि बैठक अवरोध गर्दै आएको एमालेले त्यसलाई निरन्तरता दिएको हो।

 

एमालेकै अवरोधबीच बुधबारको बैठकमा सूचना आयोगको प्रतिवेदन प्रस्तुत गरियो । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ पेस गरेका हुन् ।

 

प्रतिवेदन पेस गरेपश्चात् सभामुख अग्निप्रसाद सापकाटाले अर्को बैठक यही फागुन २२ गतेसम्मलाई संसद् बैठक स्थगन गरेका छन् ।