२०८१ आश्विन ६ , आइतवार

मंसिरअघि नै आमचुनाव हुन सक्छः काँग्रेस महामन्त्री गगन थापा

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिरअघि नै आमचुनाव हुन सक्ने वताएका छन् । पार्टिको एक कार्यक्रममा सम्वोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

उनले वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुने भएकोले तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

कास्कीमा आयोजित कार्यक्रममा धारणा राख्दै महामन्त्री थापाले वैशाखबाट स्थानीय चुनाव नसर्ने पनि बताए। चुनावमा सत्तारूढ गठबन्धनका दलहरूबीच तालमेल गर्ने वा नगर्ने भन्ने पछि टुंगो लगाइने थापाले बताए।

‘गठबन्धनको काम चुनाव गराउने हो। चुनावमा मिल्छौं कि मिल्दैनौं भन्ने विषय अर्कै हो यो पछि नै थाहा हुन्छ,’ उनले भने, ‘०५६ मा कांग्रेस र एमालेको सरकार थियो त्यसलगत्तै चुनावमा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा भयो।’

 

उनले कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपा मिलेर संविधान र प्रणाली जोगाउन गठबन्धन गर्दै सरकार बनाइएको पनि बताए।

 

प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई संसद चल्ने दिन पनि उनले आग्रह गरेका थिए।‘हामी संसद सुचारू गर्न चाहन्छौं, एमाले अध्यक्ष केपी शर्मा ओलीकै घरमा गएर पनि हात जोडेर भनेका छौं,’ उनले भने, ‘संसद सुचारू हुने अवस्था स्थानीय चुनावसम्म पनि भएन भने विकल्पहरू छन्।’

 

संसद सुचारू गर्न सहयोग गर्न उनले एमालेलाई आग्रह गरेका छन्। ‘संसद सुचारू भए पनि नभए पनि स्थानीय चुनाव तलमाथि हुन्न,’ उनले भने।