२०८१ आश्विन १२ , शनिवार

भिएस इन्टरनेशनल कलेजको ओरेन्टेशन कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । राजधानीको मिनभवनस्थित भिएस इन्टरनेशनल कलेजको ओरेन्टेशन (अभिमुखीकरण) कार्यक्रम राजधानीमा शनिवार सम्पन्न भएको छ ।

 

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका प्रधानाध्यापक राजकुमार आचार्यले कलेजमा अध्ययन अध्यापन हुने विषयबारे जानकारी दिनुभयो । भिएस इन्टरनेशनल कलेजले स्वदेशमा नै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिइरहेको उहाँले बताउनुभयो । उत्प्रेरक (मोटिभेशनल) वक्ताका रूपमा कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका मानविकी तथा सामाजिक संकायका सहायक डीन प्राध्यापक किरण आचार्य, भिएस एजुकेशन फाउण्डेशनका संस्थापक निर्देशक डाक्टर बबिन पोखरेल, त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायका डीन प्राध्यापक डाक्टर डिल्लीराज शर्मा, अमेरिकाको टेक्सास ल विश्वविद्यालयका प्राध्यापक टोमी ब्रोइलेस, टुटलका प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्ट सहभागी हुनुहुन्थ्यो ।

 

टुटलका प्रमुख कार्यकारी अधिकृत भट्टले आफ्नो संस्थाको उतारचढावका बारेमा प्रकाश पार्नुभएको थियो भने उपस्थित विद्यार्थीहरूले भट्ट सहितका अतिथिहरू समक्ष विविध जिज्ञासा राखेका थिए । कलेजका अध्यक्ष नरेन्द्र अधिकारीले धन्यवाद ज्ञापन गर्नुहुँदै आफ्नो कलेजमा पढेका विद्यार्थीहरूले विश्वका कुनै पनि प्रतिष्ठित विश्वविद्यालयका विद्यार्थीहरू समक्ष प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो । भिएस इन्टरनेशनल कलेजमा पढेर कहिल्यै कसैलाई पश्चाताप नहुने ग्यारेण्टी उहाँले गर्नुभयो । कार्यक्रममा समुह निर्माण ‘टिम बिल्डिङ’ को अवधारणा पनि प्रस्तुत गरिएको थियो ।