सुनाखरी न्युज/ काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदयित्व अन्तर्गत अन्तर्राष्ट्रीय नारी दिवसको अवसरमा पहिलो पाइला नेपालको सहकार्यमा नवलपरासी जिल्लाको सुनवल–१ स्थित सुनवलमा द्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लाई र कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १९ पुरुन्चौरमा महिला समूहलाई लक्षित गरी बृहत कार्यक्रम आयोजन गरी प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी गराउनुका साथै निःशुल्क सनेटरी प्याड वितरण गरेको छ ।
यौन तथा प्रजनन स्वास्थ्यको अधिकार हरेक व्यक्तिको हुने हुंदा महिला तथा किशोरीहरुलाई प्रजनन स्वास्थ्यले प्रजनन प्रणाली र प्रजनन अंगहरुको स्वास्थ्य साथै यौनसंग सम्बन्धित विषयहरुको बारेमा जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रमआयोजन गरिएको थियो ।
प्रजनन स्वास्थ्य सम्बन्धी उचित शिक्षाको अभाव साथै महिनावारीमा प्याडको उचितप्रयोग गर्न नजान्दा किशोरीहरुमा स्वास्थ्य समस्याहरु बल्झिने गरेको हुंदा सोको जागरूकताको लागि यो कार्यक्रम आयोजन गरिएको थियो । उक्त कार्यक्रममा बैंककाकर्मचारी, पहिलो पाइला नेपालका प्रतिनिधिहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।