२०८१ पुष ८ , सोमवार

डोक्सुमोले उठायो ३.५ मिलियन डलर, सयौं रोजगारी सिर्जना गर्ने लक्ष्य

सुनाखरी न्युज/ काठमाडौं । उद्यमहरूलाई ग्राहकका कागजातहरूबाट स्वचालित निर्णयहरू गर्न मद्दत गर्ने डोक्सुमो, एक डकुमेन्ट एआइ स्टार्टअपले हालै बीज पूँजीमा ३.५ मिलियन डलर ९ करिब ४३ करोड नेरु उठाएको छ।

 

यो कम्पनी युवा नेपाली डाटा वैज्ञानिकबाट उद्यमी बनेका विक्रम दाहाल र उनका भारतीय समकक्षी रुषभ सेठले जनवरी २०१९ मा सह(स्थापना गरेका थिए। स्टार्टअपको मूल प्रविधि नेपालका स्वदेशी डाटा वैज्ञानिक र इन्जिनियरहरूद्वारा सञ्चालित छ जसले व्यवसायहरूलाई वित्तीय कागजातहरू स्वचालित रूपमा पढ्न र त्यसको आधारमा निर्णय गर्ने मद्दत गर्दछ।

 

फिफ्थवाल अर्बोर रियालिटी ट्रष्ट र वर्तमान लगानीकर्ता बेटर क्यापिटलको सहभागितामा कमन ओसनद्वारा राउण्डको नेतृत्व गरिएको थियो । स्टार्टअपले नयाँ कोषलाई नेपाल र भारतमा आफ्नो बढ्दो कर्मचारी टिमलाई विस्तार गर्न र उत्तर अमेरिकी बजारमा आफ्नो ग्राहक(आधार बढाउन नयाँ कोष प्रयोग गर्ने योजना बनाएको छ ।

 

बिक्रम डेटा एन्ट्री क्लर्क थिए । र उनले प्रत्यक्ष रुपमा नै म्यानुअल एन्ट्री गर्न कति गाह्रो र दिक्कलाग्दो हुन्छ भनेर अनुभव गरेका थिए । वास्तवमा, अधिकांश कागजात मिलाउने प्रक्रिया एशियाली देशहरू जस्तै भारतमा आउटसोर्स गरिन्छ, जहाँ ठुलो संख्यामा मानिसहरू वित्तीय सेवाहरूको लागि आवेदनहरू प्रक्रिया गर्छन् । टिमले मानिसले गर्ने मुख्य पक्ष टेक्स्ट पढ्नेलाई स्वचालित गर्न मेशिन लर्निङ प्रविधि लागू गर्दैछ ।

लगानीबारे टिप्पणी गर्दै विक्रमले भने, ‘हामीलाई पहिलो दिनदेखि नै नेपालबाट ग्लोबल सास सफ्टवेयर बनाउन सकिन्छ भन्ने विश्वास थियो । हामीसँग हाल काठमाडौंमा २५ डाटा साइन्टिस्ट र इन्जिनियरहरू काम गरिरहेका छन् ( हामी यो वर्षको अन्त्यसम्ममा यो संख्या १०० पुग्ने योजनामा छौं। हाम्रो उद्देश्य नेपाललाई इजरायल जस्तै टेक्नोलोजी हब बनाउन मद्दत गर्ने हो।