सुनाखरी न्युज/ काठमाडौं। खल्ती डिजिटल वालेटले फोनपे क्यूआर स्क्यानमा टीभीएस एन्टोर्क, वान प्लस नर्ड र रु. ५ हजार जित्ने ‘स्क्यानमा अफर’ ल्याएको छ।
यस अफरमा फोनपे क्यूआरमा भुक्तानी गर्ने खल्ती प्रयोगकर्तामात्र नभई खल्तीमार्फत क्यूआरमा भुक्तानी प्राप्त गर्ने फोनपे मर्चेन्ट पनि विजेता हुनेछन्। यस क्याम्पेनमा बम्पर उपहार टीभीएस एन्टोर्क स्कुटर खल्तीबाट फोनपे क्यूआरमा भुक्तानी गर्ने एक प्रयोगकर्ता र भुक्तानी प्राप्त गर्ने एक फोनपे मर्चेन्टले प्राप्त गर्ने छन्। त्यसैगरी हरेक हप्ता दुई खल्ती प्रयोगकर्ताले वान प्लस नर्ड स्मार्टफोन एन १०० को साप्ताहिक पुरस्कार र दैनिक पुरस्कारमा एक खल्ती प्रयोगकर्ताले रु. ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
यो अफर फागुन २६ देखि आउँदो वैशाख १० सम्म मान्य छ।
Prize | Winners | |
बम्पर पुरस्कार | TVS Ntorq 125 Scooter | खल्ती प्रयोगकर्ता – १ बिजेता
फोनपे मर्चेन्ट – १ बिजेता |
साप्ताहिक पुरस्कार | One Plus Nord N100 | खल्ती प्रयोगकर्ता – २ बिजेता
फोनपे मर्चेन्ट – २ बिजेता |
दैनिक पुरस्कार | Rs. 5000 Khalti Balance | खल्ती प्रयोगकर्ता – १ बिजेता |
यस अफरका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हामीले हाम्रा हाल रहेका र भविष्यमा आउने खल्ती प्रयोगकर्तालाई आकर्षक उपहार र प्रोत्साहनसहित देशको कुनै पनि क्यूआरमा सहज भुक्तानीको सुविधा प्रदान गर्ने उद्देश्यले आगाडि बढ्दै छौँ।’
‘खल्ती’ मा हालै सुरु गरिएको फोनपे क्यूआरको सेवाका कारण निकै प्रयोगकर्ताको लागि एउटा सजिलो माध्यम बन्न पुगेको छ। यसका साथै अब खल्तीबाट जुनसुकै क्युआर सजिलै स्क्यान गर्न मिल्ने भएको छ।
‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो। २० लाख भन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानीजस्तै मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजार बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।