२०८१ मंसिर ७ , शुक्रवार

गण्डकी प्रदेश तेक्वान्दो १५ खेल सम्पन्न अन्य खेल जारी

सुनाखरी न्युज/ पोखरा । पोखरामा आज बाट सुरु भएको गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिताको पुरुष र महिला तर्फको १५ वटा खेल सम्पन्न भएका छन् । २६ खेल अन्तर्गत पुरुष महिला जुनियर र सिनियर गरी ११ खेल बााकी रहेका छन् । यहाँ बाट छनोट भएका खेलाडीहरुले राष्ट्रिय स्तरमा हुने प्रतियोगितामा भाग लिन पाउने छन् । आजको छनोट खेलमा पुरुष ५४ के.जि. समुह तर्फ कास्कीका मन्दिप सुनार प्रथम भएका छन भने बाग्लुङ्गका सुजन रसायली द्धितिय भएका छन् त्यसै गरि म्याग्दीका प्रमोद परियार र नवलपुरका सिजन भण्डारी तेस्रो भएका छन् ।

 

६३ के.जि. समुह तर्फ प्रकास माझि पर्वत प्रथम भउका छन् भने नवलपुरका सुनिल महतो दोस्रो भएका छन् । त्यसैगरि कास्कीका कबिन्द्र ढुङ्गाना र बाग्लुङ्गका दिपेन्द्र गुरुङ्ग तेस्रो भएका छन् ।
७४ के.जि. समुह तर्फ क्रिपेस शर्मा म्याग्दी, दिपेन सुनार कास्की क्रमश प्रथम र द्धितिय भएका छन् भने पर्वतका ईश्वर नेपाली र बाग्लुङ्गका शिव वि.क. तेस्रो भएका छन् ।
५८ के.जि. मा सुजन कडेल पर्वत र कनक प्धान मयाग्दी दोस्रो भएका छन । संगम परियार तनहुँ र सुजन रसायली बाग्लुङ्ग तेस्रो भएका छन् ।

६८ के.जि. तौल समुहमा हेमन्त गुरुङ्ग कास्की र दिलिप वि.क. फाइनलमा प्रवेश गरेका छन उनीहरुको खेल भोली हुनेछ । सोही समुह अन्तर्गत मयाग्दकिा मिलन घिमिरे र पर्वतका गणेश नेपाली तेस्रो भएका छन ।
८० के.जि. तर्फ साकिल लामगाडे कास्की प्रथम र शंकर पौडेल पर्वत दोस्रो भएका छन भने म्याग्दकिा राजकुमार परियार तेस्रो भएका छन् ।
महिला तर्फ ४६ के.जि. समुहमा ईशा गर्वुजा म्याग्दी प्रथम र पे्रम कुमारी दर्जी दोस्रो भएका छन् भने उञ्जल अधिकारी कास्की तेस्रो भएका छन् ।
४९ के.जि. तौल समुह अन्तर्गत कास्कीका सरीता बयलकोटी प्रथम र नवलपुरका महिमा महतो दोस्रो भएकी छन् । त्यसैगरि तेस्रो हुनेमा सोनिका थापा मगर गोरखा र स्वयता शाक्य म्याग्दी रहेका छन् ।
५३ के।जि तौल समुह तर्फ रश्मी श्रेष्ठ म्याग्दी प्थम र मोनालिसा मल्ल कास्की दोस्रो भएका छन भने अमिसा थापा बाग्लुङ्ग र विष्णु गुरुङ्ग गोरखा तेस्रो भएका छन् ।
५७ के.जि. तौल समुह अन्तर्गत अञ्जना परियार कास्की र सोनिया माझि पर्वत दोस्रो भएका छन तेस्रोमा दिपिका पाइजा म्याग्दी र समृती वि.क. गोरखा रहेका छन् ।

६२ के.जी. अन्तर्गत पार्वती श्रेष्ठ कास्की र सोमा बुढा मगर म्याग्दी प्रथम र दोस्रो भएका छन् भने रजनी परियार पर्वत तेस्रो भएकी छन् ।
६७ के.जि. तर्फ म्याग्दीकी सुस्मीता दर्जी म्याग्दी प्रथम र पर्वतकी स्मृती नेपाली पर्वत र बाग्लुङ्गकी ममता खड्का तेस्रो भएका छन् । अन्य खेलहरु जारी रहेका छन भने भोली २७ गते दिनको १ः३० बजे समापन हुने कार्यक्रम रहेको कार्यक्रम संयोजक रमेश पौडेलले जानकारी दिनुभयो ।