२०८१ आश्विन ६ , आइतवार

एमसीसी टेण्डरका लागि तयार रहन प्रधानमन्त्रीको व्यवसायीहरूलाई आग्रह

सुनाखरी न्युज/ काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसी परियोजनाले नेपालमा काम गर्दा ठेक्का खोल्ने भएकोले त्यो ठेक्का पार्न सफल हुन नेपालका निर्माण व्यवसायीहरूलाई आग्रह गरेका छन्।

 

निर्माण व्यवसायी महासंघको काठमाडौंमा भएको २३ औं साधारण सभामा आज प्रधानमन्त्री देउवाले एमसिसी परियोजनाले विद्युत् प्रशारण लाइन र सडक मर्मतमा ठेक्का गर्ने भएकोले त्यो ठेक्का पार्न सफल हुन आग्रह गरेका छन्।‘एमसिसीले अन्तर्राष्ट्रिय रूपमा ठेक्का आह्वान गर्छ। त्यो ठेक्का लिन नेपालसहित विभिन्न देशका कम्पनीले भर्न पाउँछन्,’ उनले भने, ‘एमसिसीको ठेक्का लिन तपाईंहरू सफल हुनुहोस्।

 

म त्यसमा खुसी हुन्छु। ठेक्का लिन तपाईंहरूले ध्यान दिएर काम गर्नुस्।’उनले नेपालमा एकै निर्माण कम्पनीले धेरै ठेक्का लिने गर्दा समयमै काम पूरा नहुने गरेकोसमेत बताए। उनले अधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गरेर नेतृत्व चयन गर्न पनि आग्रह गरेका थिए। प्रतिनिधि सभाबाट हालै एमसिसी परियोजना अनुमोदन भएको थियो।