२०८१ आश्विन ५ , शनिवार

खस्कियो रेमिट्यान्स आय, माघमा भित्रियो ७२ अर्ब

सुनाखरी न्युज/ काठमाडौं ।
विदेशिने श्रमिकको संख्या बढे पनि माघ महिनामा  रेमिट्यान्स घट्ने क्रम रोकिएन । नेपाल राष्ट्र बैंकका अनुसार माघ महिनामा ७२ अर्ब रुपैयाँमात्रै विप्रेषण (रेमिट्यान्स)  भित्रिएको छ ।

२०७७ माघको तुलनामा ४.९ प्रतिशतले रेमिट्यान्स घटेर साउनदेखि माघसम्म ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ मात्रै रेमिट्यान्स नेपाल आएको छ ।

गत वर्षको यस्तै अवधिमा रेमिट्यान्स आप्रवाह १०।९ प्रतिशतले बढेको थियो । गत वर्ष माघ महिनासम्म ५ खर्ब ६७ अर्ब ७० करोड रेमिट्यान्स भित्रिएको थियो ।

 

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि माघसम्म २६५.९ प्रतिशतले बढेर १ लाख ५२ हजार पुगेको छ । अघिल्लो वर्षको यस्तै अवधिमा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ७३.१ प्रतिशतले घटेको थियो ।

 

माघसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ । माघसम्म २ लाख जना नेपाली नयाँ काम पाएर विदेश पुगेका छन् । अघिल्लो वर्षको यही अवधिमा विदेशिने नेपालीको ८५।४ प्रतिशतले घटेको थियो ।