२०८१ आश्विन १३ , आइतवार

कोरोना अपडेटः २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण, १८१ जना निको

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६०७ जनाको पीसीआर परीक्षण गर्दा ६२ जना र २ हजार ३७४ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा १८१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ५ हजार २१२ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ५ हजार १०८ जना होम आइसोलेसनमा रहेका छन् भने १०४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ३२ जना आईसीयू र ५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या शुक्रबार थपिएसँगै  ११ लाख १७ हजार ७४१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ भने ९ लाख ६० हजार ६६८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४ जना कोरोना संक्रमित थपिएका छन् ।