२०८१ आश्विन १३ , आइतवार

लेखनाथ महोत्सवको दोश्रो दिन १५ लाख रुपैयाको कारोबार

सुनाखरी न्युज/ लेखनाथ । १७ औं संस्करणको लेखनाथ महोत्सवमा शुक्रबार १५ लाख रुपैया बराबरको कारोबार भएको छ । महोत्सवको सात हजार दर्शकले अवलोकन गरेको प्रचार प्रसार उपसमितिका संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिए ।

महोत्सवमा विभिन्न विधाका कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । विद्यालयस्तरिय नृत्यमा भवानी कालिका, गोगन मा.वि र अल्फा एकेडेमीले आफ्नो नृत्य प्रस्तुत गरेका थिए । महोत्सवको आकर्षणको रुपमा शनिबार आधुनिक गायन तर्फ संगितकार बसन्त सापकोटा, सहिमा श्रेष्ठ, हाँस्यव्यङ्गय तर्फ सन्दिप क्षेत्री र लोकगायन तर्फ राजु परियार, राजन कार्की टेक क्षेत्री, आयुषा गौतम, अन्जु बि.क र मधु चापागाईको प्रस्तुती रहने आयोजकले जनाएका छन् ।

फागुन २६ गते देखी शुरु भएको १७ औं संस्करणको लेखनाथ महोत्सवमा विभिन्न बस्तु तथा उत्पादनका तीन सय भन्दा बढी स्टलहरु राखिएका छन् । लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धी भन्ने नाराका साथ लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा भएको महोत्सव चैत सात गतेसम्म संचालन हुनेछ ।