२०८१ आश्विन १३ , आइतवार

राप्रपा लिखु गाउपालिका स्तरिय विस्तारित वैठक सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । राप्रपा लिखु गाउपालिका स्तरिय विस्तारित वैठक पालिका का उपाध्यक्ष वावुराम राइको अध्यक्षतामा सम्पन्न भएको छ।

 

लिखुपालिकामा रहेका ६ वटा वडा वाट नै सहभागीता रहेको वैठकमा वडा इकाई अध्यक्षले आ-आफ्नो वडाको वस्तुस्थिति संगेटियको प्रतिवेदन पेस गरेका थिए। यसरी पेस गर्नेमा वडा नं १ वाट भाजुराम लामिछाने,२ वाट राजेस सिंजालि मगर ३ वाट गोविन्द थापा,४ वाट रामचन्द्र अगस्ति ५ वाट गोविन्द न्यौपाने र ६ वाट जंग वा.लम्साल रहेका थिए।

वैठकले जिल्ला सदस्य राम कुमार राइको अध्यक्षतामा १३ सदस्य निर्वाचन परिचालन समिति समेत गठन गरेको छ,जसको सदस्यमा ६ वडा वडाको अध्यक्ष लगायत जिल्ला वरिष्ठ उपाध्यक्ष विमल थापा,पार्टी नेता विष्णु पाठक,पालिका अध्यक्ष चिन्नल राई,मधु रिसाल ,सन्जु राई,सावित्रा पन्त,पुष्पा न्यौपाने र पार्टी सहायक महामन्त्री दिपक कु.राई र केन्द्रीय सदस्य जनक राज पाठक रहेका छन।

वैठकले ५ दिन भित्र वडा कार्यसमितिको वैठक वसि तत्काल आन्तरिक रुपमा उमेदवार चयन गर्न निर्देश समेत गरेको छ। वैठक ले ६ वटै वडामा अध्यक्ष को उम्मेद्वार र गाउपालिका प्रमुख तथा उपप्रमुख लाई अत्याधिक मतले विजय गराउने एकमतले प्रतिज्ञा गरेको छ। वैठकले वडामा प्रसिक्षण, घरदैलो,हाते पर्चा वितरण,लगायतका सवै कार्य अगाडि वढाउने निर्णय गरेको छ।