सुनाखरी न्युज/ काठमाडौं । नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इण्डस्ट्रिज प्रा.लि ले सातौँ नेपाल बिल्डकन एक्स्पोमा“मंगलमवायरसेफ”लन्च गरेको छ ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले संचारकर्मीहरुको उपस्थितीमा वायरसेफको अनावरण गर्नुभएको थियो । शुक्रबारदेखि आइतबारसम्म भृकुटीमण्डपमा आयोजना भइरहेको यो नेपालकै सबैभन्दा ठूलो एक्स्पो हो र यसमामंगलमको सहभागिता रहेको छ । वायरसेफ ँच्ीक्विद्युतीय कन्ड्युट पाइप घर धनीहरुकालागि सुरक्षित वातावरण प्रदानगर्ने उद्देश्यका साथनिर्माण गरिएको छ । एउटा सामान्य घर बनाउँदाप्रायःखानेपानी र ड्रेनेजको लागि छुट्टा–छुट्टै किसिमको पाइपहरु प्रयोग गरिए पनि चेतनाको कमी र उत्पादनको अनुपलब्धताले गर्दा वायरिङ्गको लागिभने कालो एचडिपिइ पाइप नै अझै पनिप्रयोग गरिन्छ । तर यो पाइप वायरिङ्गको लागि बनेको हुँदैन र यसले विद्युतीय जोखिमहरु बाट बचाउँदैन ।
मंगलम इन्डस्ट्रिजका प्रबन्ध निर्देशक अभिनवचुरिवालले भन्नुभयो, “हाम्रो नयाँ उत्पादन मंगलम वायरसेफ लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं, जुनअहिलेको आवश्यकता हो । हामीले विद्युत चुहावटका कारण सर्ट सर्किट र अन्य दुर्घटनाहरूका धेरै समाचार सुन्दै आएका छौँ । घर राम्रो र बलियो बनाउन सहीनिर्माण सामाग्रीको साथ–साथै सहि पाइपिङ र प्लम्बिङको छनोट पनिउत्तिकै महत्वपूर्ण हुन्छ किनकि घरको लागिपाइपिङ भनेको शरीरको लागिनशा जस्तै हो । वायरसेफको उपलब्धता सँगै अब यस्ता विद्युतीय दुर्घटनाबाट हुन सक्ने मानवीय र आर्थिक क्षतिकमहुने विश्वास गर्दछौँ ।”
मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चापदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ । नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागिआवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादनगर्दै आएको छ । मंगलम्को हरेक उत्पादनहरु उच्च गुणस्तरीय जापानीज कच्चा पदार्थ बाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइन्छन् र यसका सबै उत्पादनहरू ISO 4985 प्रमाणित छन् ।