सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा १४३ औं समूहको ट्राफिक नियन्त्रण तालिम संचालन भएको छ ।
सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले महाशाखामा आइतबार आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्घा टन गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक जोशीले प्रशिक्षार्थीहरूले अनुशासित, लगनशील र ईमान्दार भएर तालिम हाँसिल गर्नुपर्ने चर्चा गर्दै ट्राफिक प्रहरीले सडकबाटै जनताको सेवा प्रदान गर्ने भएकाले मिठो बोलीबचन र ब्यवहारिक भएर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार २ जना र प्रहरी जवान ७५ जना गरी कुल ७७ जना प्रशिक्षार्थीहरु सहभागि रहेको जानकारी दिनुभयो ।