२०८१ आश्विन १३ , आइतवार

लायन्स क्लब पोखरा नर्थद्धारा कापी कपल वितरण

सुनाखरी न्युज/ पोखरा। लायन्स क्लब अफ पोखरा नर्थले अस्तामको भुमेश्वर आधारभूत विद्यालयमा कापी कलम वितरण गरेको छ । माछापुछ्रे गाउँ पालिका वडा नं. ६ धिताल स्थित अस्ताममा रहेको उक्त विद्यालयका ४० जान विद्यार्थीलाई कापी कलम वितरण गरेको लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विजयराज तिमिल्सिनाले जानकारी दिए ।

 

कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब ३२५ वि वानका जोन चियरपर्सन केशवशरण पौडेल मिडिया संयोजक प्रकाशचन्द्र सापकोटा, लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विजयराज तिमिल्सिना तृतीय उपाध्यक्ष रामप्रसाद अधिकारी, सचिव हरिप्रसाद त्रिपाठी, सदस्य विनोदराज पौडेल, जयराम तिमिल्सिना, इन्द्रप्रसाद सुवेदीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारी, विद्यालयका प्रध्यानाध्यापक कुलानन्द अधिकारीलाई कापी कलम हस्तान्तण गरेका थिए ।

 

कार्यक्रममा बोल्दै जोन चियरपर्सन केशवशरण पौडेलले क्लबले कापी कलम वितरण गरेर विद्यार्थीलाई सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरे । लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विजयराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारी, समाजसेवी पूर्व अध्यक्ष विश्वराज अधिकारी, मिडिया संयोजक प्रकाशचन्द्र सापकोटा, शिक्षक भेषराज बास्तोला, सचिव हरिप्रसाद त्रिपाठीले बोलेका थिए ।