२०८१ आश्विन ६ , आइतवार

एमसीसी फेल भए राजीनामा दिन्छु : प्रचण्ड

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आगामी जेठ २० गते बस्ने बैठकमा एमसीसी सम्झौताबारे छलफल गर्ने र त्यसमा एमसीसी फेल भए आफूले राजीनामा दिने बताएका छन् ।

पार्टीको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज विराटनगर पुगेका प्रचण्डले सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमसीसीबारे सकेसम्म पार्टीभित्र एकैमत बनाउने प्रयास भइरहेको बताए । व्याख्यात्मक घोषणाको उचित सम्मानसहित कार्यान्वयन नभएमा फेरि आफूहरु आन्दोलन गर्ने चेतावनी समेत उनले दिए ।

 

उनले भने,‘आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल गर्छौं । यदि पार्टीभित्र फेल भयो भने म नैतिकताका आधारमा राजीनामा दिन्छु, ढुक्क हुनुहोला ।’तत्काल अब स्थानीय तहको चुनावमा केन्द्रित हुने भन्दै प्रचण्डले तल्लो तहसम्मै तालमेल भएसम्म गठबन्धन बनाएरै चुनाव लड्ने समेत उनले बताए ।