२०८१ आश्विन १३ , आइतवार

लाइसेन्सको आवेदन फेरि बन्द (सूचना सहित)

सुनाखरी न्युज/ काठमाडौं । यातायात व्यवस्था विभागले भोलि (चैत १ गते) देखि लाइसेन्सनका लागि अनलाइन आवेदन लिने कार्य फेरि स्थगन गर्ने भएको छ । सोमबार एक सूचना जारी गरी सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली अनिश्चतकालको लागि स्थगन गर्न लागेको विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताए ।

 

‘अहिलेसम्म परेका अनलाइन आवेदनहरुलाई सकाउनको लागि स्थगन गर्न लागिएको हो,’ उनले भने, ‘लगभग एक महिना जति अनलाइन आवदेन बन्द हुन्छ ।’ अहिले ३/४ लाख जनाले अनलाइन आवेदन दिएर मिति पर्खिरहेको उनले जानकारी दिए ।

 

ती सबै आवेदकहरुको काम सकिएपछि मात्र अनलाइन आवेदन पुनः लिन थालिने उनले बताए । अब एक सातामै पालो आउने गरी नयाँ आवेदन प्रणाली खुलाउने योजना विभागको छ । अनलाइन आवेदन दिएकामध्ये ४० प्रतिशतले मात्र प्रक्रियाका लागि यातायात कार्यालय जाने गरेको उनले बताए ।